रंगशालामा हुने धनबहादुर गुरुङ सांगीतिक साँझको तयारी पूरा

गुरुङलाई १ लाख ५१ हजारसहित सम्मान गरिने

पाेखरा | फागुन ६, २०८२

रंगशालामा हुने धनबहादुर गुरुङ सांगीतिक साँझको तयारी पूरा

पोखरा:   तमु (गुरुङ) कलाकार संघ नेपाल, गण्डकीको आयोजनामा पोखरा रंगशालामा हुने धनबहादुर गुरुङ सांगीतिक साँझको तयारी पूरा भएको छ ।

 

गायक, संगीतकार तथा संगीत संयोजक धनबहादुर गुरुङको सम्मान र ‘तमु कलाकार कल्याणकारी कोष’ स्थापना गर्ने उद्देश्यले आयोजना हुने विशेष सांगीतिक कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

 

आयोजक संस्थाका महासचिव नेत्र गुरुङले पोखरा रंगशालाको भलिबल मैदानमा आगामी ८ गते अपह्रान्ह ४ बजेदेखि उक्त कार्यक्रम सुरु हुने बताए । 

 

उक्त कार्यक्रममा धनबहादुर गुरुङले २०४५ सालदेखि हालसम्मका प्रसिद्ध गीतहरु प्रस्तुत गर्नेछन् ।

 

गायक गुरुङको ‘आयादो ठागु, ताङतिङैको मेलैमा, बर्खे खजे, क्युदे थुले दुख मुना, ख्वालबै माया, खो रिमै थुमै, छ्याँवरानी ङोल्स्यो नी, माया पिरती थेनो सिरमाथी लगायतका गीतहरु चर्चित छन् । 

 

उनले अहिलेसम्म करिब ५ हजारको हाराहारीमा गीत संगीत सिर्जना र आवाज दिइसकेका छन् ।

 

सो कार्यक्रममा धनबहादुर गुरुङसँग विभिन्न कालखण्डमा जोडिएका गायक गायिकाहरु विष्णु गुरुङ, उमा गुरुङ, माया गुरुङ, कुशुम गुरुङ, उषा गुरुङ, प्रिया गुरुङ, पवित्रा गुरुङ, संगीता गुरुङ, निशा गुरुङ, इन्द्र गुरुङ, सविना गुरुङ, ममता गुरुङ, रोशन गुरुङ, डबिन गुरुङ, राज बहादुर गुरुङ, सरुन गुरुङ र मिलन गुरुङ लगायतले सांगीतिक प्रस्तुती दिनेछन् ।

 

यसैगरी कार्यक्रममा रौनक थप्न हिमाली साँस्कृतिक परिवार, तरेली साँस्कृतिक परिवार, तमु प्ये ल्हु संघ केन्द्रीय युवा समिति, अनुशिलन कला पाठशाला, तमु धि नेपाल केन्द्रीय युवा समिति, नेपाल तमु विद्यार्थी छोज धिं र नाल्मा गाउँ लमजुङको विशेष नृत्यहरुसमेत प्रस्तुत हुनेछन् । 

 

करिब २० लाख बचत गर्ने अनुमान गरिएको सो कार्यक्रमको अवसरमा गायक धनबहादुर गुरुङलाई सम्मान पत्र र नगद १ लाख ५१ रुपैयाँ हजारसहित सम्मान गरिने कार्यक्रम संयोजक गोरे गुरुङले जानकारी दिए ।

 

उनका अनुसार पोखरा रंगशालाको भलिबल मैदानमा हुने सो कार्यक्रममको प्रवेश शुल्क ३ सय रुपैयाँ निर्धारण गरिएको छ । भने, करिब १० हजार दर्शकको सहभागिता रहने आयोजकले जनाएको छ । 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्